FAQs Complain Problems

आर्थिक, भौतिक, नैतिक तथा जनचेतनामूलक अभियानमा सहभागिताको लागि सार्वजनिक आव्हान ।

विश्वव्यापी फैलिएको कोरोना महामारी नियन्त्रण तथा ब्यवस्थापनका लागि जैमिनि नगरपालिका प्रयत्नशील रहेको छ । उक्त कार्यका लागि जैमिनि नगरपालिकाले रु ३००००००। अक्षरुपी तीस लाख रुपयाँ मात्रको दैवी तथा प्राकृतिक विपत ब्यवस्थापन कोष खडा गरेको छ । कोरोना महामारी नियन्त्रण तथा ब्यवस्थापनका लागि जैमिनि नगरपालिकाको यस प्रयासमा हातेमालो गर्न ईच्छुक देश तथा विदेशमा रहनु भएका स्वदेशी तथा विदेशी व्यक्ति तथा संघ-संस्थाहरुले आर्थिक, भौतिक, नैतिक सहयोग गरी यस महामारी नियन्त्रण अभियानमा सहभागी हुन सकिने व्यहोरा अनुरोध गरिन्छ । आर्थिक सहयोग गर्न इच्छुक महानुभावले जैमिनि नगरपालिकाको ग्लोवल आइ. एम. इ. बैंक, कुश्मीसेरा शाखामा रहेको खाता नं ४५०४०१००००००२ मा रकम जम्मा गर्न सकिनेछ । जिन्सी सहयोगको लागि जिन्सी सामान सहित नगरपालिका कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।

नगरपालिका सम्पर्क गर्नु परेमा

नगर प्रमुख श्री इन्द्रराज पौडेल ९८५७६२९५३६

नगर उपप्रमुख श्री लिला राना ९८५७६२२२४३

प्रमुख प्रशासकीय अधिकृत श्री ईश्वरी प्रसाद शर्मा ९८५७६५३१११

स्वास्थ्य शाखा संयोजक श्री गोविन्द प्रसाद शर्मा ९८४७६२२४२५

 

आर्थिक वर्ष: