FAQs Complain Problems

हरियो स्टिकर पाउने घरमा के हुनुपर्दछ र कस्तो घरले पाउदछन निलो स्टिकर (WASH कार्यक्रम)

 हरियो स्टिकर टासिने घर वरपर यस्तो हुनुपर्दछ।
१ घरमा चर्पी भएको चर्पीमा दिसा गर्ने गरेको ,चर्पी सरसफाई भएको ,चर्पीमा रहेको भाडामा पानी हुनुपर्ने,चर्पी सफा  गर्नको लागी ब्रस,हर्पिक भएको ।


२ चर्पी नजिकै,जुठ्रयान नजिकै र हातखुट्रटा धुने ठाउ मध्य कुनै एक ठाउमा साबुन पानीको ब्यवस्था गरी हान धुने गरेको ।
३ जुठ्रयानको निश्चित ब्यवस्थापन गरी सफा गर्ने गरेको,जुठ्रयानमा भाडा धोएर सुकाउने÷राख्ने चाङ,पलाष्टिकको बाटा,बासले बुनेको टोकरी मध्य कुनै एकको ब्यवस्था गरेको ।


४  भान्सा कोठामा सुधारिएको-धुवा रहित चुलो बनाई प्रयोग गर्ने गरेको ।
५ घर आगन वरपरका पलाष्टिक,सिसा एवम अन्य फोहोरको उचित विसर्जन र व्यबस्थापन गर्ने गरेको तथा बोराको प्रयोग ,टोकरी वा खाडल बनाई पलाष्टिक एवम फोहोरको उचित व्यबस्थापन गरी सफा गरेको हुनुपर्दछ ।


६ जलाधार क्षेत्र ,पानीका ट्रयाङकी र धाराहरु सरसफाइ गरिएको ,पिउने पानीको लागी पानी परीक्षणमा इ कोली नभएको निश्चित हुनुपर्दछ ।यदी जलाधार क्षेत्र देखि धारा हुदै पानी राख्ने भाडा सम्म सफा नभएमा पानीको घरयासी शुद्धिकरण गरेर पिउने गरेको जसमा –उमालेर,फिल्टर गरेर ,सोडिस गरेर,र क्लोरीनेशन मध्य कुनै एक विधिको प्रयोग गरी पानी पिउने गरेको ।


७ घरमा रहेका पानीका भाडा छोपेर राख्ने गरेको हुनुपर्दछ ।
८ गोठ खोरको सरसफाइ गर्ने गरेको ।
९ खानाको प्रयोग सम्बन्धी सुरक्षित व्यवहार गर्ने गरेको ।
१० घरमा रहेको लुगा तथा कपडा सफा र मिलाएर राख्ने गरेको । यस किसिमका घरमा हरियो स्टीकर र यस्तो सरसफाइ नभएको घरमा निलो स्टिकर टासिने छ ।

“सर्कुवा बासीको एक्यबद्धता,पुर्ण सरसफाईमा प्रतिबद्धता”

 

आर्थिक वर्ष: